जनकपुरधाम, २५ फागुन  । जनकपुरमा दुई दिदी बहिनी आफनै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन्।जनकपुर उपमहानगरपालिका १४ स्थित रजौल बस्ने नरेन्द्र चौधरीको छोरी १६ वर्षिय अन्जली चौधरी र निजको बहिनी १४ वर्षिय चाँदनी चौधरी आफनै घरको छुट्टा छुट्टै कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।मृत्युको कारण खुल्न सकेको छैन। धनुषा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक चक्रवहादुर सिंहले जनाएका छन। राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया