इटहरी । सुनसरीको इटहरीमा रहेको ग्रिनपिस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुले तयार पारेका विभिन्न सामाग्रीहरु प्रदर्शनी गरीएको छ ।
ग्रिनपिस एकेडेमीमा कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले वनाएका चित्रकला देखि लिएर विभिन्न विज्ञान प्रविधिका नमुना सामग्रीहरु प्रदर्शनीमा राखिएका हुन । प्रयोगात्मक विषयका रुपमा विद्यार्थीहरुलाई अध्ययन गराउदै आएको र हरेक वर्ष कक्षागत रुपमा प्रर्दशनी गराउदै आएको विद्यालयका प्रिन्सीपल चिरञ्जीवी तिमल्सिनाले जानकारी दिए ।

उनले विगतका वर्षहरुमा कक्षा कोठाहरुमा प्रर्दशनी गराएर उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिदै आएकोमा यस पटक भने अभिभावकहरुलाई प्रर्दशनी अवलोकन र मुल्यांकन गर्ने अवसर प्रधान गरेको जानकारी दिए । विज्ञानका साथै दैनिक प्रयोगका सामाग्रीहरु समेतका विद्यार्थीहरुले तयार पारेका सामाग्रीका २५ स्टल रहेको र प्रर्दशनीमा राखिएका सामाग्रीहरुको मुल्यांकन गरी अभिभावकहरुलाई भोटिगंको व्यवस्था मिलाइएको समेत विद्यालयले जनाएको छ । अभिभावकहरुले प्रर्दशनको अवलोकन गरीसकेपछि गर्ने मतदानबाट पहिलो दोस्रो तथा तेस्रो हुने स्टलका विद्यार्थीहरुलाई नगद तथा मेडलले पुरस्कृत गरिने विद्यालयका प्रिन्सीपल तिमल्सिनाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया