सुनसरीको इनरुवामा जारी प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत आज सम्पन्न खेलमा मोरङ र सुनसरी बिजयी भएका छन् ।पहिलो खेलमा मोरङले इलामलाई पराजित गरेको हो भने दोस्रो खेलमा सुनसरीले उदयपुरलाइ हराएको हो ।विष्फोटक ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा २ सय ४१ बनाएको थियो । जितकालागि २ सय ४२ रनको लक्ष पछ्याएको १८ ओभरमा समेटिएको थियो ।

इलामले १ सय रनमा अलआउट हुन पुगेको थियो । मोरङकालागि सिद्धान्त लोहनीले सबै भन्दा बढी ४५ रन बनाएका थिए ।उक्त प्रतियोगिताको म्यान अफ दि म्याच मोरङका पुष्प थापा घोषित भएका थिए ।त्यसैगरी आजै सम्पन्न दोस्रो खेलमा सुनसरीले उदयपुरलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्दै उदयपुरले सुनसरी सामू १ सय ६० रनको लक्ष दिएको थियो । राष्ट्रिय खेलाडीहरुको बाहुल्य रहेको सुनसरी क्रिकेट टिमले उक्त लक्ष तीन बिकेटको क्षतिमा अन्तिम ओभरमा भेटाएको थियो ।७ बिकेटले जित हात पार्ने क्रममा सुनसरीकालागि महबुल आलम एक्लैले ६० रन बनाएका थिए भने अफजल हुसेनले ३२ रनको योगदान दिएका थिए ।

सुनसरी क्रिकेट टिमबाट राष्ट्रिय खेलाडीहरु महबुब आलम,आशिफ सेख, संदीप सुनार, हासिम अन्सारीले सहभागिता जनाएका थिए ।प्रतियोगिता अन्र्तगत भोलिको पहिलो खेल झापा र उदयपुरबिच हुने छ भने दोस्रो खेलमा इलामले सुनसरीसँग प्रतिष्पर्धा गर्ने छ ।६ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित शिल्ड प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया