काठमाडौं , मंसिर २६ । हातखुट्टा फुटेका थिए । अनुहार र हातखुट्टामा अस्भाविक रुपमा मेकअप गरी नयाँ नयाँ कपडा लगाएका थिए । एयरपोर्ट पुगेरसमेत हातखुट्टा फुटेको लुकाउन श्रृंगार गरिरहेका थिए । २५ देखि ४० उमेर समूहका ८ जना महिला बुधबार हातम पासपोर्ट र टिकट बोकेर विमानस्थल पुगेका थिए ।
अत्यधिक र अस्वभाविक मेकअप देखेपछि प्रहरीले शंका गरेर सोधपुछ गर्यो । उनीहरुले आफू घरेलु कामदारका रुपमा काम गर्न कुवेत जान लागेको बताए । तर पासपोर्ट र टिकट बैंककको थियो । पासपोर्टमा टुरिष्ट भिसा लागेको थियो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।