२८  फागुन, इनरुवा। एक नम्वर प्रदेशको मुख्यमंत्री तथा मन्त्रिपरिषदको कार्यालयका मूख्य सचिव यादव कोइरालाले प्रदेशभर बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाइने बताएका छन् । विश्व उपभोक्ता दिवसको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको कार्यशाला गोष्ठीमा मूख्य सचिव कोइरालाले संघीयता लागु भएपश्चात बजार अनुगमनको औचित्व र कार्यान्वयनकालागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारणा राखेका हुन् ।

कार्यशालामा स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठले जिल्लागत बजार तथा शहरी क्षेत्रको अवस्था बारेमा जानकारी गराएका थिए ।स्थानीय विकास अधिकारी श्रेष्ठले बजार अनुगमन नीतिगत रुपमा प्रभावकारी तवरले संचालनमा ल्याउनकालागि स्थानीय तह स्वयंले कार्यदल गठन गरी, मूल्य निर्धारण, आपूर्ति लगायतका विषयमा नीति नियम निर्धारण गरी लागु गरिनुपर्ने स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले आधारभूत आवश्यकताका अधिकारका सवालहरुमा स्थानीय निकायले संचालन तथा सम्पादित गर्ने कार्यको जिल्ला समन्वय समिति मातहत अनुगमन गरिने बताए । कार्यक्रममा सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सुरक्षा निकायका पदाधिकारी लगायतको प्रशासकिय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया