थरुहट-मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासद मानपुर चौधरी होस वा सत्यनारयण मण्डललाई सबै थारु-मधेशी सभासदहरुलाई मधेश प्रवेश गर्न रोक्न आग्रह : संयोजक राजकुमार लेखी
राजकुमार पासवान
कञ्चनपुर,(सप्तरी)२६ मंसिर । थारु कल्याणकारी सभा आन्दोलन परिचालन समितिका संयोजक तथा र्वाता टोली सदस्य राजकुमार लेखीले संविधानसभामा रहेका ५ सय ९७ सभासदहरु बिच छलफल नगरी अधिकार कटौती गरेर तथा सभासदहरु डर,धम्की दिएर नेपाली कांग्रेस,नेकपा एमाले र एकिकृत माअ‍ेवादी शिर्ष नेता बनाएको संविधान नमाने बताएका छन ।

Rajkumar-Lekhi
फाइल फोटो

थरुहट-मधेश संयुक्त सघर्ष समिति कञ्चनरुप न.पा. ९ बलुवाले शनिवार आयोजना गरेको एक दिने अन्तक्रियामा संयोजक लेखीले बोलेका छन । संयोजक लेखीले नेपाली कांग्रेस,नेकपा एमाले र एकिकृत माअ‍ेवादी शिर्ष नेताहरुले पार्टीमा कार्यवाही गर्ने,डर,धम्की दिएर शुशिल कोईराला,केपी शर्मा ओली,पुष्पकमल दाहाल(प्रचण्ड)ले जनताद्धारा मत दिएको सभासदहरु बिच छलफलै नगरी एकलोटी ढुङ्गबाट बनाईएको संविधान तथा सात प्रदेशको खाका संविधान थरुहट-मधेशका लागी अधिकार विहिन संविधान भएकोले कुनै पनि हालतमा नमाने बताएका छन ।
एक अर्को प्रसङ्गमा संयोजक लेखीले नेपाली कांग्रेस,नेकपा एमाले र एकिकृत माअ‍ेवादी पार्टीमा मधेश तथा थरुहटबाट संविधान बनाउन गएका थारु-मधेशी सभासदहरु मुख दर्शक भएर २०७२ संविधान, थरुहट-मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई थरुहट-मधेशमा बहिस्कार गर्न तथा प्रवेशमा रोक लगाउन घोष्णा गर्दे थारु-मधेशी जनताहरुले यो क्षेत्रका सभासद मानपुर चौधरी होस वा सत्यनारयण मण्डल थारु-मधेशी विरोधी संविधानमा हस्ताक्षर गर्ने सबै थारु-मधेशी सभासदहरुलाई मधेश प्रवेश गर्न रोक लगाउनु पर्ने बताए ।
सो एक दिने अन्तक्रियामा थरुहट-मधेश संयुक्त सघर्ष समिति सप्तकोशी नगरपालिका संयोजक रविन्द्र चौधरी लगायतले आ आपनो विचार राखेका थिए । अन्तक्रिया महेन्द्र चौधरी अध्यक्षता तथा सञ्चालन श्यामानन्द चौधरी गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया