३० फाल्गुन, सुनसरी। सुनसरीको धरान-८ तिनकुनेबाट मंगलबार साँझ लागुऔषधसहति एक युवक पक्राउ परेका छन। अस्थायी प्रहरी पोष्टबाट खटिएका चेकिङ टोलीले साँझ विराटनगरबाट धरानतर्फ आउँदै गरेको बसमा सवार धरान-१३ बस्ने २१ वर्षि नयन तामाङलाई १४ एम्पुल लागुऔषध टिडिजेसिकसहित पक्राउ गरेको हो।

तामाङको साथबाट लागुऔषध एभिल ४ एम्पुल, लुपिजेसिक ५ एम्पुल डाइजेल्याप ५ एम्पुल बरामद भएको छ। उनलाई ईलाका प्रहरी कार्यालय धरानमा राखि अनुसन्धान कार्य भई रहेको छ।

तपाईको प्रतिक्रिया