३० फागुन, इनरुवा। सुनसरीको इनरुवामा जारी प्रथम प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक सुनसरी युथ क्लब बिजयी भएको छ ।

आयोजक सुनसरीले झापा क्रिकेट टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । सुनसरीले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङमा उत्रिएको झापाले निर्धारित २० ओभर खेल्दै ८ विकेटको गुमाएर १ सय २६ रन जोडेको थियो ।

एक सय २७ रनको बिजयी लक्ष आयोजक सुनसरीले एक ओभर बाँकी छंदै १९ ओभरमा पुरा गरेको हो । खेलको म्यान अफ दि म्याच सुनसरीका विवेक यादव भएका छन् । झापालाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको आयोजक सुनसरीले बिहीबार हुने दोस्रो सेमिफाइनलको बिजेतासँग प्रतिष्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनल खेलमा मोरङ र उदयपुर आमनेसामने हुँदैछन् ।

तपाईको प्रतिक्रिया