१ चैत्र, इनरुवा। मोरङ क्रिकेट टिम उदयपुरलाई पाखा लगाउँदै सुनसरीको इनरुवामा जारी प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न दोस्रो सेमिफाइनलमा मोरङले उदयपुरलाई १५ रनले हराउँदै शनिवार हुने फाइनल खेलमा आयोजक सुनसरीसँगको भेट पक्का गरेको हो ।

उत्कृष्ठ बलिङ गरेर मोरङलाई १ सय ११ रनमा अलआउट गरेपनि ब्याटिङ चल्न नसक्दा उदयपुर पराजित हुन पुगेको हो । राष्ट्रिय खेलाडी समेत रहेका मोरङका सिद्धान्त लोहनी एक्लैले ४ विकेट लिएपछि उदयपुर १९ दशमलव एक ओभर खेल्दै ९६ रनमा अलआउट हुन पुगेको हो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङमा उत्रिएको मोरङको ब्याटिङ समेत सुरुवाती अवस्थाबाटै धरमराएको थियो । मोरङका सिद्धान्त लोहनी,सुनिल धमला, मिनेस थापा, हरिशंकर साह र पुष्प थापा जस्ता अनुभवी खेलाडी क्रिजमा जम्न नसक्दा मोरङ सस्तैमा समेटिएको थियो ।

यद्यपी १ सय ११ रनमा समेटिएपनि खेलाडीहरुको उत्कृष्ठ बलिङ र फिल्डिङको मद्यतमा मोरङ क्रिकेट टिम रोमाञ्चक जित दर्ता गर्दै फाइनलमा पुग्न सफल बनेको हो । प्रतियोगिताको फाइनल खेल शनिवार बिहान हुने आयोजक सुनसरी युथ क्लबका अध्यक्ष अफजल हुसेनले बताए ।

तपाईको प्रतिक्रिया