women saudiमङ्सिर २६। महिलालाई सवारी चलाउने समेत अनुमति नभएको साउदी अरेबियाका महिलाहरुले पहिलोपटक आज मतदानको अधिकार प्रयोग गर्दैछन ।

आज जारी मतदानमा साउदीका महिलाहरुले नगर परिषदको निर्वाचनमा मत दिन लागेका हुन् । साउदीका महिलाहरुले पहिलोपटक मतदान मात्र नभई पहिलो पटक चुनावी मैदानमा समेत प्रतिष्पर्धा गर्दैछन् । ५९३८ पुरुषहरुको स्पर्धाका बीच साउदीका ९७८ महिलाहरु चुनावी मैदानमा उत्रिएका छन् ।

१३ लाख पुरुष मतदाताहरु दर्ता भएको मा महिलाको संख्या निकै न्यून छ जहाँ महिलाको संख्या १ लाख ३० हजार मात्रै छ ।

साउदी अरबको इतिहासमा यो तेस्रो निर्वाचन हो भने महिलाहरुको लागि एतिहाँसिक निर्वाचन हो । साउदीमा २१ सय सिटको लागि आज निर्वाचन हुने भएको हो ।

 

तपाईको प्रतिक्रिया