shakti-samuha

मंसिर २६, काठमाडौं । ताइवानमा एसिया डेमोक्रेसी एण्ड हृयुमन राईट्स अवार्डबाट सम्मानित भएकी सुनिता दनुवारलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । शक्ति समूहकी संस्थापक तथा अध्यक्ष सुनिता दनुवारले ताइपेइमा अवार्ड पाएकी हुन् ।

मानव बेचबिखन विरुद्ध क्रियाशिल उनको समूहलाई नेपालमै पहिलो पटक ताइवान फाउन्डेशन फर डेमोक्रेसी नामक संस्थाले स्थापना गरेको अवार्डबाट सम्मान गरेको हो । ताइवानबाट फर्कने क्रममा आज दुनवारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शक्ति समूहमा आबद्ध सदस्य, उनको आफन्त र मानव बेचबिखन विरुद्ध क्रियाशिल अधिकारकर्मीहरुले भव्य स्वागत गरेका थिए ।

एक लाख डलर राशी सहितको यो अवार्ड मानव बेचबिखन विरुद्ध तथा मानव अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष प्रदान गरिने अन्तर्राष्ट्रिय सम्मान हो । शक्ति समूह बेचबिखनमा परेका प्रभावितहरुले सन्चालन गरेको मानव बेचबिखन विरुद्धको विश्वकै पहिलो संस्था पनि हो ।

शक्ति समूहकी अध्यक्ष दनुवारले नेपालमा मानव बेचबिखन विरुद्ध निरन्तर गरेको संघर्ष,शक्ति समूहको सफलता र बेचबिखन विरुद्ध निरन्तर काम गर्न प्रेरणाका लागि उनलाई अवार्ड दिइएको संस्थाले जनाएको छ । दनुवारले यो अवार्ड पाउनु अघिनै स्वीडेनको स्टकहोममा सी टेन अवार्ड पाएकी थिइन् ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया