भोक्राहा नरसिंह गाउपालिकामा सहकारी समन्वय समितिको कार्यालय स्थापना गरिएकोछ। भोक्राहा नरसिंहको मोडल चौकमा आज एक कार्यक्रमका बिच सो कार्यालयको स्थापना गरिएको हो।

जिल्ला सहकारी संघका अध्यक्ष दामोदर कोइराला प्रमुख अतिथि रहनुभएको तथा कार्यक्रमका अध्यक्षता हाजी इसरायल मंसुरीले गर्नुभएको थियो। भोक्राहा नरसिंह गाउपालिकामा स्थापना भएको सहकारी समन्वय समिति जिल्लाको पहिलो सहकारी समन्वय समिति भएको जानकारी सजिलो सहकारीका सदस्य आरिफ अंसारीले दिनुभएको हो।

तपाईको प्रतिक्रिया