- मिकाइल आलम

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका १० स्थित बबियामा ईनरुवा युनाईटेडले २ सय महिलालाई सेनेटरी प्याड वितरण गरेको छ । इनरुवा नगरपालिकाकी उपमेयर जमुना पोखरेलको प्रमुख आतिथ्यमा आयोजित सेनेटरी प्याड वितरण तथा चेतना मुलक कार्यक्रम मार्फत महिलालाई सेनेटरी प्याड वितरण गरिएको आयोजकले जनाएको छ ।

२ सय भन्दा बढी महिलाको सहभागिता रहेको सो कार्यक्रममा महिलाहरु लाई जिल्ला अस्पतालका प्रतिनिधिहरुले चेतनामूलक जानकारी प्रदान गर्दै महिनावारीका बेलामा कपडाको सहि प्रयोग तथा शारीरिक सरसफाई सम्बन्धि तालिम समेत प्रदान गरेको सृष्टि समाजका कार्यक्रम अध्यक्ष निश्चल शर्माले बताए । उक्त कार्यक्रममा २०० भन्दा बढि प्याकेट प्याड वितरण गरिएको उनले बताए । शर्माका अनुसार प्याड कार्यक्रमलाई अझै ५ चरणमा विभिन्न क्षेत्रका गाउँका ग्रामीण महिलालाई लक्षित गरि संचालन गरिनेछ ।

तपाईको प्रतिक्रिया