- दिलिप कुमार साह

४ चैत्र, राजविराज। सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले न्याय माग्नका लागि आएका एक युवकलाई कुटपिट गरेका छन् । विष्णुपुर गाउँपालिका वडा नं. ७ का २२ वर्षिय अनिल कुमार साहलाई अध्यक्ष यादव कुटपिट गरेको पीडितका काका लोचन साहले जानकारी दिनुभयो ।

कुटपिटबाट साहको छाती, कम्मर, पीठ्यु र पेटमा गम्भिर चोट लागेको छ । उहालाई राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । पीडितका काका लोचनले केही दिनअघि गाउँपालिकामा चोरीका घटनाहरु बढेको र सो चोरी कार्यमा अध्यक्षकै भतिजा सचिन कुमार यादवको संलग्नता रहेको कुरा जानकारी गराउन जाँदा उल्टै अनिललाई कुटपिट गरेको बताउनुभयो ।
अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता रहेको स्वीकार गरिसक्दा समेत अनिललाई अध्यक्षले कुटपिट गरेको घटना निन्दनीय भएको भन्दै पीडितका काका लोचनले कारवाहीका लागि माँग गरेका छन् ।

तपाईको प्रतिक्रिया