- मिकाइल आलम

६ चैत्र, इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालीका ८ स्थित भाणटावारीबाट सशस्त्र प्रहरीले करिब ४ लाख मुल्य बराबरको अवैध इलेक्ट्रोनिक समान नियन्त्रणमा लिएको छ । ना.१ ख.१४५३ नम्बरको हाइसमा बिराटनगर हुँदै भन्सार छलेर काठमाडौंतर्फ लादै गरेको ४ लाख मुल्य बराबरको इलेक्ट्रोनिक समान सहित एकजनालाई बिओपी भाणटावारीबाट इन्चार्ज गोकर्णराज भट्टराई नेतृत्वको टोलिले मंगलवार बिहान नियन्त्रणमा लिएको हो । बिओपी भाणटावारीका इन्चार्ज भट्टराईका अनुसार नियन्त्रणमा लिएको ४ लाख बराबरको इलेक्ट्रोनिक समान सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया