- कृष्ण जुनेली

इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका ११ का अग्नी पिडित महिलाहरुले आफुहरुलाई भित्री कपडाहरु नभएर समस्या भई रहेको गुनासो गरेका छन । शनिवार राती सुनसरीको बराहक्षेत्र नगरपालिका ११ इक्राही सरदार बस्तीमा आग्लागी हुँदा सो बस्तीका मानिसहरुले लगाएको कपडा बाहेक सवै सामाग्रीहरु जलेर नष्ट भएपछि महिलाहरुले अन्य कपडाहरुसंगै भित्री कपडाहरु समेत अभाव भएको गुनासो गरेका हुन ।

बस्तीमा आगलागी हुँदा ४९ परिवारका घर र टहराहरु जलेर पुर्ण रुपमा नोक्सान हुँदा कपडा विहीन वनेका वस्तीमा मानिसहरुलाई विभिन्न संघ संस्थाहरुले कपडा लगायतका राहत सामाग्रीहरु वितरण गर्न थालेपनि महिलाहरुले आफुहरु साइज अनुसारको कपडाहरु नभएको तथा भित्री कपडाहरु कसैले पनि उपलब्ध नगराएको अग्नी पिडित महिला आशा सरदार वताउछिन । त्यसै गरी सोही वस्तीकी अर्की अग्नी पिडित महिला निर्मला उराँव पनि महिलाहरुलाई लागि चाहिने कपडा अभाव रहेको गुनासो गर्दछिन ।

अग्नी पिडितहरुका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुबाट राहत सामाग्री वितरण कार्य सुरु भई सकेपनि महिलाहरुका लागि आबश्यक पर्ने भित्री कपडाका साथै सेनेटरी प्याड जस्ता सामाग्री वितरणमा कसैको ध्यान पुग्न सकेको देखिदैन । वस्ती पुरै आगलागीको चपेटामा परेसंगै शौचालय पनि जलेर नोक्सान भएपछि खुल्ला ठाँउमा शौचालय जानु परिरहेको समेत महिलाहरुले गुनासो गरेका छन । सरदार , उराँव , चौधरी लगायतको वसोवास रहेको सुकुम्वासीवस्तीमा पानी र शौचालयको समेत समस्या रहेको गुनासो गरिएको छ । आगलागीका कारण ठुलो नोक्सानी वेर्होनु परेको स्थानीयले वताएका छन ।

तपाईको प्रतिक्रिया