- दिलिप कुमार साह


७ चैत्र, राजविराज। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत ले जिल्लाको १८ वटै स्थानीय तहमा स्वास्थ्य सेवाका लागि संयोजक र सह–संयोजक तोकेर पठाइसकेको जानकारी दिनुभयो । सञ्चारकर्मीहरुको स्वास्थ्य सम्वन्धि आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले जिल्लाको स्वास्थ्यको गतिविधीबारे जानकारी दिनुभयो । संघीय संरचना अनुसार केन्द्रिय परिपत्रको आधारमा औषधि खरिदको रकम स्थानीय तहमा पठाइसकेको भन्दै उहाँले सोही अनुसार कार्य भइरहेको हुन सकिने बताउनुभयो ।

स्वास्थ्यका कर्मचारी तथा स्थानीय तहबीचको संयुक्त प्रयासबाट स्वास्थ्य सेवाले थप गति लिने विश्वास व्यक्त गर्दै उहाँले जनस्वास्थ्य कार्यालयद्वारा सञ्चालित कार्यक्रम, गतिविधि, सेवा सुविधा सहितका विषयमा जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय अधिकृत छेदी यादव, राजनारायण ठाकुर, रधुनन्दन यादवले स्थानीय तहमा औषधिका लागि पठाएको रकमबाट अधिकाँशले औषधि खरिद नगरिएको सुनिन आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया