- दिलिप कुमार साह

७ चैत्र, राजविराज। सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिका–२ मा जुवातास खेलिरहेको अवस्था सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर २ का रमेश चौधरीको घरबाट सात जना जुवाडे, २५ थान कौडा, तीन बुक तास र नगद रु. एक लाख २४ हजार ८१० बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कन्चनपुरमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ भने उनीहरु उपर जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही अघि बढाइने बताएको छ ।

तपाईको प्रतिक्रिया