fight in ukrain parliament

२६ मंसिर एजेन्सी । शुक्रवार युक्रेनको संसदमा लाजमर्दो घटना भएको छ ।युक्रेन सत्ताधारी गठबंधनका  सदस्य संसदमा एक आपसमा हात हालाहाल गरेका छन् ।प्रेसिडेन्ट पेट्रो पोरोशेंलाई  गुटको एक सदस्यले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मंचबाट उठाए र उनलाई जोडले ताने । यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको रेकर्डको बचाव गरिरहेका थिए ।

त्यतिवेला एक सांसद ओलेहा बर्ना मंच माथि चढे । ती सांसदले त्यहिँ रातो गुलावको गुच्छा लिएर उनको कटाक्ष गरे ।त्यसपछि बर्नाले प्रधानमन्त्रीको कम्मरलाई आफ्नो हातले समाएर ताने र त्यसपछि ती सांसदले प्रधानमन्त्रीलाई मंचबाट तानेर तल ल्याए ।यात्सेंइयुक गुटका सदस्यहरु पनि संसदमै थिए । यात्सेंइयुकका सदस्यहरुले बर्नालाई तानेर उनीलाई जोड जोडले पिट्न थाले ।त्यसपछि पोरोशेंका गुटका मान्छे पनि त्यो झडपमा सामिल भए ।त्यो विवादको कारण त्यो झडप केहि समय लम्बियो । त्यसपछि सबै सदस्यहरु आ-आफ्नो सिटमा गएर बसे ।

भिडियोको लागि क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया