यतिबेला फेसबुकमा एउटा हल्ला चलिरहेको छ । कुनैपनि पोस्टको कमेन्टमा बीएफएफ (BFF) लेखेर आफ्नो एकाउन्ट खतरामा छ कि छैन थाहा हुन्छ भनेर पोस्टहरु भइरहेका छन् ।यदि बीएफएफ हरियो रंगमा परिणत भयो भने एकाउन्ट सुरक्षित र कालो नै रहिरह्यो भने असुरक्षित हुन्छ भनेर त्यस्ता पोष्टमा लेखिएको देख्न पाइन्छ ।  यो केवल हल्ला मात्र हो ।किनकी कुनै अक्षर कमेन्टमा टाइप गर्ने बित्तिकै आफ्नो एकाउन्ट सुरक्षित वा असुरक्षित छ भन्ने पत्ता लाग्छ भन्नु नै मुर्खतापूर्ण कुरा हो ।यस्तो कुनै पनि तरिका अहिलेसम्म फेसबुकले पत्ता लगाएको छैन, जसबाट कमेन्टकै भरमा कुनै व्यक्तिले आफ्नो एकाउन्टको सुरक्षा स्थितीको बारेमा जानकारी पाओस् । त्यसैले यो हल्ला मात्र हो ।

त्यसो भए बीएफएफको अर्थ के हो त ? अनि किन कुनै बेला त्यो हरियो अनि कालो देखिन्छ त ?
वास्तवमा बीएफएफको अर्थ बेस्ट फ्रेन्ड फरेभर (Best Friend Forever) हो । बीएफएफ हरियो हुने बित्तिकै एउटा एनिमेसन समेत देख्न सकिन्छ । जसमा दुई वटा हातका पञ्जाहरु एक आपसमा जोडिन्छन् ।फेसबुकले यस्तै विशेष कमेन्टहरु जस्तै कंग्राट्स (Congrats), You’re the best, बधाई जस्ता शब्दमा पनि त्यस्तै रंग परिवर्तन हुने र एनिमेसन देखिने गरी फिचर योभन्दा अघि नै ल्याइसकेको छ ।

अनि अर्को एउटा कुरा, बीएफएफको छेउमा कमेन्ट इडिट गर्ने ठाउँमा गएर बीएफएफलाई इडिट गर्न खोज्नुभयो भने त्यहाँ रिमोभ टेक्स्ट इफेक्ट नामक अप्सन पनि देख्नुहुन्छ । त्यहाँ तपाईले रिमोभको अप्सन थिच्नु भयो भने बीएफएफको हरियो रंग हट्छ ।

तपाईको प्रतिक्रिया