दुहवी नगरपालिकाकी उपप्रमुखले वडा सदस्यमाथि हातपात गरेकिछिन् । उपप्रमुख सुनिता दाहाल साहले ५ नम्वर वडा सदस्य कृष्ण योञ्जनमाथि हातपात गरेकि हुन् । दुई निर्वाचित जनपदाधिकारीविच हातहालाहाल भएपछि नगरपालिका परिषर दिउँसो तनावग्रस्त बन्न पुगेपछि सुरक्षाकर्मी बोलाइएको थियो ।

उपमेयरले कार्यालय परिषरमै सदस्यमाथि हात हालेपछि दुई पक्षबिच हात हालाहालको अवस्था सीर्जना हुन पुगेको थियो । पीडित पक्षले उपमेयरको रवैयाप्रति प्रश्न उठाउँदै राजिनामाको माग गरेका थिए । स्थानीयहरुले कार्यालय घेराउ सहित प्रर्दशन थालेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

बजेट फछ्यौटको विषयलाई लिएर दुई जनप्रतिनिधि बिच हात हालाहालको अवस्था सीर्जना भएको बुझिएको छ । दुहवी ५ मा रहेको खेल मैदान पुर्ने कामकालागि गठित उपभोक्ता समिले बजोट फछ्यौटकालागि उपमेयर समक्ष पुगेको थियो । वडाअध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण योञ्जन सहित पुगेको टोलीसँग विवाद चर्केपछि साहले दुई पक्षबिच हात हालाहाल हुन पुगेको हो ।

वडाध्यक्ष सहितले बजेट फछ्र्यौटको माग गर्दा उपमेयरले कामको मूल्यांकन गरेर मात्र स्विकृत गर्ने बताएपछि चर्काचर्की सुरु भएको थियो ।उपमेयरले मूल्यांकन गर्ने बताएपनि रकमको मोलमोलाई नमिले पछि घटना भएको उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन्

सो विषयलाई लिएर केहिदिन अघि देखीनै उपमेयर र वडाध्यक्ष सहितका पदाधिकारबिच विवाद चलेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । समितिका व्यक्ति र उपमेयरबिच चर्काचर्की हुन थालेपछि उपमेयरले आफ्ना श्रीमानलाई बोलाएको र वडाध्यक्ष र सदस्यसँग अनिलको विवाद बढ्न थालेपछि आक्रोसित बनेकी उपमेयरले वडासदस्यमाथि हात हाल्नुकासाथै दुर्रव्यहार गरेकी थिइन् ।

हातपातमा संलग्न उपमेयरका श्रीमानलाई दुहवी प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पश्चात आफुले हातपात नगरेको र आफुमाथि आक्रमण प्रयास भएको बताएकी उपमेयर साहले पछि सर्वपक्षिय भेलामा भने गल्ति स्विकारेको पीडित वडा सदस्य योञ्जनले बताएका छन् । घटना ढाकछोप गरी मिलाउने प्रयास गरिएको भन्दै सर्वसाधारणले न्यायिक समिति संयोजक जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको गल्ति क्षमा लायक नभएको भन्दै कार्वाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया