काठमाडौं, १० चैत । सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब ९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका ७ का ३२ बर्षीय रमेश सुनार र उनैका भाइ ३० बर्षीय दिनेश सुनार रहेका छन्।

अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएको प्रहरीले जानकारी दियो।

त्यसपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकलसहित दिनेशलाई बिहीबार चितवनाट पक्राउ गरिएको हो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया