१० चैत्र, लौकही। सुनसरीको बरहाक्षेत्र नगरपालिका ११ इक्राही अग्नि पीडित परिवारलाई युथ अफ कोशीले राहत वितरण गरेको छ । युथ अफ कोशीले संकलन गरेको विभिन्न राहत सामाग्री आगलागीमा घरवारविहीन भएका ५० परिवार लाई शनिबार वितरण गरेको हो । युथ अफ कोशीका संयोजक ब्रहमदेव यादवका अनुसार अग्नि पीडित ५० परिवारलाई ३ केजीका दरले भुजा,१ केजी नुन सहित भुजिया,तेल,साबुन,गम्छा वितरण गरेको हो । साथै विद्यार्थीहरुलाई कपि कलम समेत वितरण गरेको संयोजक यादवले बताए । अग्नि पीडितलाई संयोजका ब्रहमदेव यादव,अनुज वर्मा,रमेश यादव,रवीन्द्र यादव,सजन पाठक,अमीत,नन्दन गुप्ता ,नमन,अरविन्द्र,चन्दन,कृष्ण लगायतले राहत वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया