priyankaएजेन्सी । भारतीय नायिका प्रियंका चोपड़ाले ब्रिटेनको एक सर्वेमा ‘सबैभन्दा  सेक्सी एशियाली महिला’ घोषित भएकी छिन् ।लण्डनको एक साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’ द्वारा एशियाको ५० सबैभन्दा सेक्सी महिलाहरु’ को चयनको लागि लिईएको थियो , सर्वे २०१५ मा सोशल मिडियामा विश्वभरका लाखौ मानिसले भोट दिएका थिए ,जसमा प्रियंका चोपड़ाले सबैभन्दा बढी भोट हासिल गरेकी थिईन ।प्रियंकाले भनिन , ‘ मैले यो किर्तिमान कायम गरेकोमा खुसि छु । मेरे लागि भोट गर्ने सबै सबै लाई धन्यवाद । कम से कम एक वर्षको लागि मलाई ‘सेक्सी’ भएको घोषणा गर्ने ‘ईस्टर्न आई’ प्रति पनि म आभारी छु ।साप्ताहिक पत्रिका  ‘ईस्टर्न आई’ का  मनोरंजन विभागका सम्पादक असजाद नाजिरले भने कि , प्रियंका चोपड़ा आफ्नो हलिवुड सिरियल ‘क्‍वांटिको’ मा अभिनय मार्फत अन्तराष्ट्रिय मंचमा भारतको गौरव बढाएकी छिन र प्रशंसकहरुको मन जितिरहेकी छिन् ।

 

तपाईको प्रतिक्रिया