काठमाडौं, ११ चैत । काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ।वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षरोपण गर्न लागिएको हो।

कमपा वातावरण विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षरोपण गर्न लागिएको जानकारी दिए। उनले पहिचान भएको रुटमा असारदेखि वृक्षरोपण गरिने जानकारी दिए।

ती क्षेत्रमा गोल्डेन धुपी, चोरी, टुपडिनथस, जङगोबाइलोबा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङखी धुपी, राजवृक्ष, करबिर, आकाश नियाल लोटिका, पारिजात, स्वामी, लेकपाङरा, कल्की जामुनलगायत दुई दर्जन प्रजातिका वृक्षरोपण गरिने छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया