- दिलिप कुमार साह


११ चैत, राजविराज । नेपाल वैश्य युवा संघ सप्तरीले दुई मन्त्री सहित एक दर्जन व्यक्तिहरुलाई सम्मान गरेको छ । तेली कल्याण समाज सप्तरीका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित सो अबिधेशनमा मन्त्रीद्वय र प्रदेश सभा सदस्यले संयुक्त रुपमा विरुवा रोपेर अबिधेशनको उद्घाटन गर्नु भएको छ ।

युवा संघको आइतबार आयोजित जिल्ला अधिवेशनको उद्घाटन समारोहमा प्रदेश नं. २ का भूमी व्यवस्थापन, कृषि, सरहकारी तथा गरीवि निवारण मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य नेत्रबिक्रम साह, खडक नगरपालिकाका वडा अध्यक्ष रामअवतार साह, संघीय सजाजवादी फोरम नेपालका महिला नेतृ सुनिता साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष तथा गोरखापत्रकर्मी धीरेन्द्र प्रसाद साह, रेडियो नेपालका प्रतिनिधि संजिबबिक्रम साह, राजधानी दैनिकका प्रतिनिधि मनोज माझी, तेली कल्याणका समाजका सचिव सीता साह लगायतलाई फूलको माला, अबिर र दोसल्ला ओढाएर सम्मान गरेको छ । अबिधेशनमा संघका केन्द्रिय अध्यक्ष दिलिप साह, लायन्स क्लब अफ सप्तरीका सचिव डोमन साह, पिछडा वर्गका अध्यक्ष उपेन्द्र साह सहित सम्मानित व्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया