coffinकाठमाडौं , २७ मंसिर । बाँके, उढरापुर– २ शान्तिनगरका नरबहादुर बस्नेतको तीन महिनाअघि साउदी अरबमा मृत्यु भयो । साउदीको मुसा नामक कम्पनीमा काम गरेर कोठा फर्केलगत्तै नरबहादुरको मृत्यु भएको कम्पनीले परिवारजनलाई जानकारी गरायो । भदौ ११ गते नरबहादुर काम गरेर कोठामा फर्केपछि सुतेको सुत्यै भएको परिवारलाई जानकारी दिनुबाहेक अरु कुनै खबर गरेको छैन ।

नरबहादुरका मितभाइ हस्तबहादुर विकले कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि अझै मृत्युको कारण खुल्न सकेको छैन ।दस दिनअघि संयुक्त अरब इमिरेट्समा मृत्यु भएका गोरखा, फुलेजका ३८ वर्षीय कृष्णप्रसाद पोखरेलको शब मंसिर २२ गते नेपाल ल्याइयो । उनका भाइ परशुरामका अनुसार मुटुसम्बन्धी समस्याले उनको मृत्यु भएको हो । ‘कृष्णप्रसादको मृत्युले दुई सन्तानको शिक्षा दिक्षा र पत्नीको बाँच्ने आधार खोसेको छ,’ दाइको शव बुझ्ने क्रममा परशुरामले दुखेसो पोखे ।

वैदेशिक रोजगारीका लागि युवायुवतीको आकर्षण बढेसँगै गन्तव्य मुलुकमा ज्यान गुमाउनेको संख्या दिनहुँ बढ्दो छ । श्रम गर्ने उमेरका युवायुवतीले विदेशी भूमिमा ज्यान गुमाउने संख्या निरन्तर बढिरहँदा नेपालमा वैदेशि रोजगारीको वैकल्पिक व्यवस्थाबारे गम्भीर छलफल हुन सकेको छैन । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया