sikshak sewa aayogकाठमाडौं , २७ मंसिर ।  शिक्षक पदमा स्थायी प्रतिस्पर्धाका लागि लिइने लिखित परीक्षा दुई सय पूणांकको गरिने भएको छ । हाल एक सय पूर्णांकको लिखित परीक्षा सञ्चालन हुँदै आएको छ । मन्त्रिपरिषदले सरकारले दुई वर्षे कार्ययोजनालाई स्वीकृत प्रदान गरेको छ । उक्त कार्ययोजनामा शिक्षक सेवा आयोग नियमावली संशोधन गर्ने उल्लेख छ ।

नियमावली संशोधन गर्ने यस सरकारी प्रतिबद्धताले शिक्षक पदको स्थायी प्रतिस्पर्धाका लागि सञ्चालन गरिने लिखित परीक्षालाई दुई सय पूर्णांकको बनाउन बाटो खुलेको हो । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया