काठमाडौं, १३ चैत । माओवादी केन्द्रका नेता तथा सभामुख कृष्णबहादुर महराका कारण नेपालकै पुरानो उद्योग बिराटनगर जुटमिल टाट पल्टिने भएको छ । महरा अर्थमन्त्री हुँदा शक्ति र प्रभावमा राज्यका सम्पत्ति कौडीको मुल्यमा बेचेर फाईदा कमाएका थिए । नेपालकै पहिलो उद्योग बिराटनगर जुटमिलमा सरकारी स्वामित्वलाई कमजोर बनाउने चलखेलको नेतृत्व सरकारकै दुई उच्च अधिकारीले गरेका थिए ।

तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र सह–सचिव उद्धवप्रसाद तिम्सिनासहित १० जनाले ५०–५० कित्ता प्रमोटर (संस्थापक) शेयर खरिद गरेपछि विराटनगर जुटमिलमा सरकारको स्वामित्वमा रहेको शेयरको मात्रा झरेको छ ।

जुटमिलका सञ्चालक समितिका तत्कालिन अध्यक्ष र हालका प्रवन्ध निर्देशक काफ्ले र अर्का सञ्चालक राजेन्द्र कार्कीले आफनो नाममा रहेको प्रमोटर शेयर २०७३ साउनपछि सचिव थपलिया, सहसचिव तिम्सिना, निर्मल महरा, रेशम महरा, शिवहरि आचार्य र शुसीला पौडेललाई गुपचुप रपमा काठमाडौंको एउटा रेष्टुरेण्टमा वसेर बेचेका थिए ।

बैशाख ५ गते २०७३ सालमा बसेको सञ्चालक समितिको बैठकले उनीहरले खरिद गरेको ५०–५० कित्ता प्रमोटर शेयर स्वीकृत गरको थियो । उद्योग मन्त्रालयले नियुक्त गरेका मिलका अध्यक्ष काफ्ले र सञ्चालक सदस्य कार्कीले आफ्नो नाममा प्रमोटर शेयर कसरी ल्याए र बिक्री गरे, त्यो प्रकृया लुकाईएको छ ।

उनीहरूले शेयरको केही हिस्सा तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल र उनको सचिवालयमा रहेका आफन्तलाई दिई अन्य धन्दा सफल बनाएका थिए । स्टक एक्सचेन्जमा दर्ता नै नगरी बिराटनगर जुटमिलको बेचिएको प्रोमोटर शेयर र खरिद गरिएको दुबै प्रक्रिया नियम मिल्दो छैन ।

नागरिकको लागि जारी गरिएको आईपीओ शेयर मात्रै सरकारी कर्मचारीले खरिद गर्न पाउँछ । प्रमोटर शेयर खरिद गर्न पाउँदैनन् । सरकारी स्वामित्वका शेयरलाई कमजोर पारेर नीजि क्षेत्रको हालिमुहाली गरी विराटनगर जुटमिलको सम्पत्ति मासेर जग्गा कब्जा गर्ने नियतले शेयर घोटाला गरेको बताइन्छ ।

बिराटनगर जुटमिलको शेयर घोटालामा कम्पनी रजिष्ट्रारको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेपनि प्रभावशाली व्यक्ति र उच्च अधिकारीले छानबिन समेत रोकेका छन् ।

यस्तो गम्भिर बिषयलाई ढाकछोप गर्न सभामुख महराले उद्योग मन्त्री मातृकाप्रसाद यादवलाई समेत प्रभावमा पार्न खोजिरहेका छन् । गृह मन्त्री रामबहादुर थापा बादलले सुशासनको अभियानलाई अब कसरी अघि बढाउँछन हेर्न वाँकी छ । तलमाथि गर्नेलाई छोड्दिन भन्ने मातृका यादवको पनि अग्नि परिक्षा शुरू भएको छ, भन्छन माओवादीका एक नम्वर प्रदेशका नेता तथा कार्यकर्ताहरू । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया