इनरुवा/आदिवासी जनजाती महिलाहरुको क्षमता अभिवृद्धिका लागि इनरुवा २ मा आयोजित दुई दिने तालिमको समापन गरिएको छ ।
इनरुवा नगरपालिका २ नम्वर वडा समिति कार्यालयको सहयोगमा संचालित क्षमता अभिवृद्धि तालिम नेपाल मगर संघ इनरुवाले आयोजना गरेको हो ।

स्थानीय ४० जना महिला सहभागि तालिममा प्रशिक्षक विरेन्द्र साहले सहजिकरण गरेका थिए । वडाध्यक्ष श्रवण यादव सहितका निर्वाचित जनप्रतिनिधीको सहभागिता रहेको तालिममा सहभागिकालागि क्षमता अभिवृद्धिका साथै अधिकार प्राप्तीका सवालमा निर्वाह गर्नुपर्ने भूमिका र आर्थिक शशक्तिकरण जस्ता विषयमा जानकारी गराइएको प्रशिक्षक साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया