- बिरेन्द्र शाह

सुनसरी सदरमुकाम इनरुवामा आरेक नेपालको आयोजनमा विभिन्न धार्मिक अगुवाहरु सँग एक दिवसिय गोष्ठि समपन्न भएको छ। परम्परगत हानिकारक अभ्यास विरुद्ध जिल्ला स्थित धार्मिक अगुवाहरु सँग एक दिवसिय गोष्ठि समपन्न भएको हो । हिन्दु, वौद्ध, ईस्लाम र कृश्चियन धर्म लगायतका धार्मिक अगुवाहरुको उपस्थितीमा उक्त कार्यक्रममा ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यता रहेको थियो ।

परम्परागत कुरिति न्युनिकरण एवं अन्त्य गर्न आवाज उठाउने उद्देश्यकासाथ धार्मिक संजाल गठन गरिएको आयोजकले जनाएको छ । अन्तर धार्मिक संजालको अध्यक्षमा अम्विका ढकाल उपाध्यक्षमा मौ.हारुन खान, सचिव राम चन्द्र भट्टराई, कोषाअध्यक्ष ओरीफ हुसेन,सदस्यहरु परीचय अधिकारी नवलकिशोर झा महेश कुमार चौधरी, कोरनेलीया, फरीद अन्सारी यसैगरि सल्लाहकारहरुमा जमुना पोखरेल र शुशिला कार्की रहेका छन ।

प्लान इन्टरनेशनलको सहयोग तथा महिला हिंसा विरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्चाल र महिला तथा बालबालिका कार्यालय सुनसरीको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया