Nepali-Congress-Party-Flagकाठमाडौं , २७ मंसिर । नेपाली कांग्रेसको महाधिवेशनका लागि चहलपहल बढ्रन थालेको छ । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको छ । कांग्रेसको वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा, १३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ।

चार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्रेसको अनुमान छ । कार्यक्रमस्थल, ७५ जिल्ला र विदेशबाट आउने प्रतिनिधि, आमन्त्रित विदेशी प्रतिनिधिको व्यवस्थापन गर्न त्यति खर्च हुने अनुमान गरिएको हो । तर, संगठन विभाग प्रमुख आनन्द ढुंगानाले खर्च यति नै लाग्छ भन्ने टुंगो लागकाे छैन ।

महाधिवेशनका लागि कांग्रेसले १३ समिति गठन गरेको छ । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया