- दिलिप कुमार साह

१६ चैत्र राजविराज । सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका वार्ड नं. ६ का महिलाहरु आत्मनिर्भर बन्नका लागि लुगाधुने साबुन बनाउन थालेका छन । शम्भुनाथ नपाका महिलाहरु दुई÷चार पैसाका लागि श्रीमान्को भर पर्दै आएको अवस्थामा पाँच दिनको साबुन बनाउने तालिम लिएपछि अब आफै साबुन बनाउन थालेका हुन ।

सीपको अभावमा घरमा थला परेजस्तै बसेर दिन बिताउन बाहेक कुनै उपाय नभएको भन्दै सहभागी मीना साह, बिना चौधरी, पार्वती साह लगायतले एकै स्वरमा भन्नुभयो, यस सीपले हाम्रो दैनिकी फेरिएको छ, अब हामी आर्थिक रुपमा आत्मनिर्भर हुन्छौ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
शम्भूनाथ नगरपालिकाको आर्थिक सहयोग तथा योगिनीमाई सामुदायिक विकास केन्द्र सप्तरीको आयोजनामा प्रदान गरिएको दश दिने तालिमपछि सहभागी अधिकाँश महिलाहरु साबुन बनाउने सीपमा दक्षता प्राप्त गरिसककेको वार्ड नं. ६ का सचिव देवनारायण साहले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन पछि पहिलो पटक उक्त नगरपालिकामा सीपमूलक तालिम सञ्चालन गरेको जानकारी दिदै वडा अध्यक्ष याकुव राईनले समाज विकासको लागि महिलालाई आर्थिक रुपमा सबल बनाउन यस्तो तालिमको महत्व रहेको बताउँदै भन्नुभयो, महिला आर्थिक, सामाजिक, राजनीतिक रुपमा सक्षम भएमा आधा भन्दा बढी विकास स्वतः हुन्छ । थोरै लगानीमा घरमै बसेर साबुन बनाउन सकिने हुँदा यसबाट महिलाहरु लाभ लिनेमा कुनै द्विविधा नरहेको भन्दै महिला बालबालिका तथा युवा सशक्तिकरण नेपालका अध्यक्ष बौआलाल यादवले साबुन बनाउन देखाएको उत्साह, गरेको उत्पादनले भविष्यमा नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया