Krishna-Prasad-Sitaulaकाठमाडाैं , मंसिर २७ । गत असाेज २४ मा सम्पन्न  प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको सम्बन्ध सामान्य औपचारिकतामा सिमित छ ।  पछिल्लो समय सिटौला कोइराला निवास धाउन छाडेका छन् । १३ औं महाधिवेशन नजिकिदै गर्दा कोइराला र सिटौलाको सम्बन्धमा झनै दरार आउने संकेतहरु देखिन थालेका छन् ।

झापाको राजनीतिमा सिमित गिरिजाप्रसाद कोइरालाको सामिप्यबाट सिटौलाले राजनीतिक उचाई लिएका हुन् । उनको निधनपछि सुशीलको विश्वासपात्रको रुपमा उनी भित्रिए । गिरिजाप्रसादको निधनपछि नेतृत्वको संक्रमणकालीन चरणमा सुशील सिटौलाकै भरमा थिए । सिटौलाले पनि विश्वासपात्रकै रुपमा सुशीललाई सघाए । त्यही विश्वासले १२ औं महाधिवेशनपछि सिटौलाले महामन्त्रीको जिम्मेबारी पनि पाए ।

तर, यो घनिभूत सम्बन्ध लामो समय टिकेन । सिटौला चाहन्थे, कोइराला सानो कोटरीबाट बाहिर निस्केर आफ्नो सुझाव अनुसार चलुन् । तर प्रधानमन्त्री निर्वाचनसम्म आइपुग्दा सिटौलाको सुझाव उनले मानेनन् । पार्टीमा उनी सानै कोटरीमा रमे । सरकारको नेतृत्वमा छँदा महेश आचार्य, नरहरी आचार्य र मिनेन्द्र रिजाल सुशीलका सहयोगीको रुपमा भित्रिए । आफ्नै समूहभित्र जो सिटौलालाई मन पराउदैनथे उनीहरुकै आग्रह बमोजिम कोइराला पछिल्लोपटक सिटौलालाई दुरीमा राख्न थाले । अाजकाे  कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया