dead२७ मंसिर, सर्लाही । सर्लाहीको शंकरपुरस्थित  श्रीनगर टोल ८ मा दुई व्यक्तिका शव फेला परेका छ ।मृतकहरुको सनाखत हुन सकेको छैन र उनिहरु मधेसी मूलका रहेको प्रहरीले बताएको छ । मृतकहरुको छातीमा गोलीको दाग तथा धारिलो हतियारको समेत चोट छ ।स्थानीयले शनिबार साँझ सात बजे परालभित्र छोपिएर राखेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटना बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया