- दिलिप कुमार साह

१९ चैत्र, राजविराज । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको समिति गठन भएको छ । अग्निसाईर कृष्णासबरण गाउँपालिकामा आयोजित भेलाले बद्री सदाको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ ।

समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः शम्भुदेवी खंग, डम्बर खंग र बिनोद रामलाई चयन गरेको छ । समितिका सदस्यमा बिशेश्वर चौधरी, गुगली रजक, छोटेलाल खंग, जागेश्वर राम, गालु सदा, जोगिन्द्र खंग, ललितादेवी खंग, भिखन सदा, देवीलाल राम, झमेली राम, जोगिन्द् सरदार, नारायण खंग, प्रमिला अधिकारी, रेशिका कटुवाल, रामबहादुर तामागं, महेन्द्र मण्डल, शिलादेवी सदा, ललितादेवी सदा, चनियाँदेवी सदा, कलियादेवी सदा, परमेश्वरी देवी सदा, कृष्णदेव खतिवडा, रामकिशुन खंग, नन्दु सदा, अनारदेवी सदा, कपुरन खातुन रकबितादेवी सदालाई चयन गरेको जनाएको छ ।

सो समितिको ईञ्चार्जमा कपुरदेवी चौधरीलाई तोकिएको जनाएको छ । यसअघि रतन मण्डलको अध्यक्षतामा आयोजित भेलामा माओवादी केन्द्रका नेता असर्फी सदाले आफ्नो हक अधिकारका लागि मजुदरहरु एक जुट्नु हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अखिल नेपाल टूेड युनियन महासंघका केन्द्रीय सचिव केदार देवले हालै बनेको श्रम ऐन २०७४ र सामाजिक सुरक्षा कोष ऐन स्थानीय स्तरमा लागु गराउन सम्पुर्ण मजदुरहरु एक जुट हुनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका सप्तरी उपाध्यक्ष रामकुमार राय, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य बेचन मण्डल, बेचन चौधरी, अखिल नेपाल ट्रेड युनियन महासंघका ज्ञानी सदा, आनन्द मुखिया, रामचन्द्र यादव, रामभरोसीप्रसाद गुप्ता र प्रमिलादेवी सदा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया