१९ चैत्र, इनरुवा। इनरुवा ५ मा आज ज्येष्ठ नागरिकहरुको अधिकार विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इनरुवा ५ नं. वडा कार्यालयको सहयोगमा तथा चेतना अभिवृद्दी केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १५० ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता चेतना अभिबृदी केन्द्रका अध्यक्ष खड्ग नारायण उरावले गरेका थिए भने प्रमुख अतिथी प्राज्ञ जिवनाथ पोखरेल, विशिष्ट अतिथी इनरुवा ५ का वडा अध्यक्ष अन्जनी कुमार पोखरेलको रहेको थियो।

तपाईको प्रतिक्रिया