२० चैत्र, इनरुवा। बैशाखको पहिलो साता इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा कलाकार ज्योति मगरको उच्छृङखल प्रस्तुतिलाई प्रतिवन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।

इनरुवामा आयोजित हिंसा न्यूनिकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतीले समाजमा विकृती निमत्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै सो कार्यकालागि इटहरी उपमहानगरपालिकाले कुनैपनि हालतमा इजाजत नदिने बताएका हुन् ।

खरो रुपमा प्रस्तुत भएकी उपप्रमुख गौतमले कस्ले इजाजत दिन्छ हेर्छु भन्दै जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रजिअ गोपाल प्रसाद पराजुली समक्ष आग्रह गरेकी थिइन् । कार्यक्रममा सुनसरीका अधिकारकर्मी सहित स्थानीय तहका जनप्रतिनिधिका अलावा सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया