२० चैत्र, इनरुवा। यूएनएफपीए सुनसरीको संयोजनमा जिल्लामा संचालनमा रहेका वृहत यौनिकता शिक्षा सम्वन्धी किशोर किशोरी मैत्री सूचना केन्द सम्वन्धी वार्षिक समिक्षा गरिएको छ । सुनसरीका १० वटा विद्यालयमा यूएनएफपीएको यौनिकता शिक्षा तथा किशोर किशोर मैत्री सूचना केन्द्र संचालनमा छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सुनसरीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा केन्द्रका विद्यार्थी तथा शिक्षक लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा केन्द्र स्थापनसँगै मातहतका शिक्षक र स्वास्थ्यकर्मीहरुकालागि अवधारणा तालिम दिएपछिको अवस्थामा आएको सुधार, व्यवस्थापन प्रकृया, सेवा प्रवाह सहित सिकाई र चूनौति लगायतको विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

सहभागिहरुलाई जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम सहित स्रोत व्यक्ति सोमराज ढकालले सहजिकरण गरेका थिए । यौनिकता शिक्षा कक्षा सञ्चालन सहयोगार्थ प्रत्येक केन्द्रलाई सक्षम बनाउने लक्ष लिएको यूएनएफपीए सुनसरीले आवश्यक सरसामाग्री सहित शिक्षक विद्यार्थीकालागि क्षमता अभिवृद्धि जस्ता तालिम संचालन गर्दै आइएको यूएनएफपीए सुनसरी कार्यक्रम संयोजक काशी पोखरेलले बताए ।

वार्षिक समिक्षामा सहभागि किशोर किशोरी सहित शिक्षक तथा सरोकारवालाहरुबाट प्राप्त सल्लाह सुझावका आधारमा कार्ययोजना तयारी पारी अगागी दिनकालागि लागु गरिने पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया