- मिकाइल आलम

इनरुवा । सुनसरीको गढि गाउँपालीका क्षेत्रका १८ वटा कृषक समुहहरुलाई सिचाइ सामाग्री हस्तान्तरण गरिएको छ । सुनसरीका उत्पादकहरुको आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत मंगलवार वल्र्ड भिजनको सहयोगमा ग्रामीण समाज उत्थान केन्द्र सुनसरीले गढि गाउँपालीका क्षेत्रमा साविकका ६ वटा गाविसका १८ वटा कृषक समुहहरुलाई सिचाइ सामाग्री हस्तान्तरण गरेको हो ।

कृषक समुहहरुलाई कृषि पेशा मार्फत आर्थिक सशक्तीकरणमा सहयोगमा पुग्ने उद्देश्यले गढि गाउँपालीका क्षेत्रका प्रगतिशील कृषक समुह, शान्तिमिश्रत कृषक समुह, वातावरण कृषक समुह, जनकल्याण कृषक समुह, उज्वल कृषक समुह, जागेराम कृषक समुह, उज्वल कृषक समुह, हरियाल कृषक समुह लगायत १८ वटा कृषक समुहहरुलाई सिचाइ सम्बन्धि मेसिन,बोरिङ,पाइप,सेक्सन पाइप लगायत सामाग्री हस्तान्तरण गरेको ग्रामीण समाज उत्थान केन्द्र सुनसरीका कार्यक्रम संयोजक आदर्श चापागाईंले बताए ।

सिचाइ सामाग्री हस्तान्तरण कार्यक्रममा गढि गाउँपालीका वडा नम्बर १ का अध्यक्ष शंकरप्रसाद चौधरी,सचीव गणेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया