sahayog

अमर काफ्ले मंसिर २७ इनरुवा
आर्थिक अभावका कारण उपचार सम्भव हुन नसकेपछि मधेशा ९ कि किशोरीले सहयोगको याचना गरेकी छिन् ।
इनरुवा ९ बलाहा स्थित शारदा उच्च माविमा अध्ययनरत कुमारी खत्रीले सहयोगी हातहरुसँग आफ्नो जीवन बचाइदिन आग्रह गरेकी हुन् ।
कुमारी खत्री उपचार सहयोग समिति इनरुवाले आर्थिक सहयोग संकलनका लागि आयोजना गरेको कार्यक्रममा किशोरी खत्रीले परिवारको दयनीय अवस्थाका कारण उपचार सम्भव हुन नसकेको भन्दै सहयोग गरिदिन सबैसामू अनुरोध गरेकी हुन् ।

DSC01935

DSC01934

८ लाख बढी रकम उपचार खर्च जुटाउन असमर्थ रहेको परिवारलाई स्थानीयवासीहरुले सहयोग संकलन समिति गठन गरी सहयोग जुटाउने प्रयास गरिरहेका छन् ।समितिले इनरुवामा आयोजना गरेको सहयोग रकम संकलन कार्यक्रममा सुनसरी सृजनशील परिवार दोहा कतारले खत्रीको उपचारका लागि संकलन गरी पठाएको नगद ४० हजार हस्तान्तरण गरिएको थियो ।सामाजिक संजाल फेसबुक मार्फत किशोरी खत्री बचाउ अभियान चलाइपछि विरामी किशोरीको उपचारका लागि सो रकम प्राप्त भएको हो ।
उनको उपचारका लागि स्थानीय संघसंस्था र व्यक्तिगत गरी हाल सम्म एक लाख रकम संकलन भएको छ । छोरीको तत्काल मुटुको शल्यकृया गर्न आवश्यक रहेको चिकित्सकले बताएको उनको परिवारको भनाई छ ।

तपाईको प्रतिक्रिया