biplab-khulamnchदाङ २८ मंसिर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले सल्यान र प्युठानमा जग्गा कब्जा गरेको जनाएको छ । माओवादीले किर्ते जालसाजी गरेर अर्काको जग्गा लगेको भन्दै सल्यानका धनबहादुर थापाको जग्गा कब्जा गरेको जनाएको छ । यसअघि सो दलले राप्रपा नेपाल प्युठानका जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसीको जग्गा गत ३ मंसिरमा कब्जा गरेको जनाएको थियो ।

सल्यानका माओवादी सेक्रेटरी डिल्लीराज शर्माले दशकौंअघि वेपत्ता रुन्चे बुढाथोकीको जग्गा धनबहादुरले जालसाजी गरी आफ्नो नाममा गरेको दाबी गरेका छन् । सरकारी कर्मचारीकै मिलेमतोमा एउटा व्यक्तिको जग्गा अर्को व्यक्तिले नामसारी गरेको व्यहोरासहित निवेदन स्थानीय पार्टीलाई दिएकाले सोही आधारमा जग्गा कब्जा गरिएको सेक्रेटरी शर्माले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया