अमर काफ्ले इनरुवा /नेपाल निर्माण व्यवसायी संघ सुनसरीको नयाँ नेतृत्व चयनकालागि इनरुवामा मतदान जारी छ । निर्माण व्यवसायी संघको इनरुवा स्थित भवनमा मतदान जारी छ । मतदान प्रकृयामा ३ सय ४४ सदस्यले सहभागिता जनाउँदै छन् । नेपाल निर्माण व्यवसायी संघ सुनसरीको जिल्ला अध्यक्षको दौडमा ऋद्धिराज कार्की र अशोक खड्काबिच प्रतिष्पर्धा हुँदै छ । त्यसैगरी जिल्ला उपाध्यक्षको दुई सिटकालागि ४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । श्याम सुन्दर सिङ, बाजुद्धिन मिया, सुबोधप्रसाद घिमिरे सहित धनिकलाल मेहता उपाध्यक्षको दाबेदारी सहित प्रतिष्पर्र्धामा रहनु भएको छ ।


त्यसैगरी महासचिवकालागि तिलकराज पोखरेल(मनोहर) र कालुराम पोखरेल उम्मेदवारका रुपमा रहनु भएको छ । सचिवकालागि रामचन्द्र यादव,तेज बहादुर लिम्बु र बसिरुद्धिन आलम उम्मेदवार बन्नु भएको छ । त्यस्तै कोषाध्यक्षको पदकालागि जयप्रकाश साह र विश्वनाथ ठाकुरबिच प्रतिष्पर्धा हुने छ । विहान ८ बजेबाट सुरु भएको मतदान प्रकृया ३ बजेसम्म जारी रहने निर्वाचन अधिकृत बिनोद खनालले जानकारी दिनुभयो । खनालका अनुसार मतदान सकिए पश्चात सहमति कायम गरी गणना थालिने र अवेर सम्ममा नजिता सार्वजनिक गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया