- अमर काफ्ले


इनरुवा बैशाख १ /नयाँ वर्ष २०७५ सालको अवसरमा इनरुवा नगर प्रमुख राजन मेहताले सम्पूर्ण नगरवासीमा शुभकामना व्यक्त गर्नु भएको छ । मेहताले नगरवासीमा सु–स्वास्थ्य, दीर्घायु सहित प्रगतिको कामना गर्नु भएको छ । मेहताले सम्पूर्ण जनपदाधिकारी सहित कार्यपालिका परिवारकासाथै कर्मचारी तथा साथीभाई, इष्टमित्र, शुभेच्छुक सबैमा नयाँ वर्षको शुभकामना दिनुभएको हो ।

बिकासको चरणमा अघि बढ्दो अवस्थामा रहेको नगरपालिका नयाँ वर्षको सुरुवातसँगै समृद्धिको बाटोमा लम्कने प्रमुख मेहताले विश्वास व्यक्त गर्नु भएको छ । नगर प्रमुख मेहताले नयाँ वर्षले एकआपसमा साथ, सहयोग, हौसला र प्रेरणा मिलोस भनी कामना समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया