विराटनगर। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ । आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।

तर बम राख्नाको कारण र कसले बम राखेको हो भन्ने बारेमा खोजी भईरहेको प्रहरी उपरिक्षक बिसीले जानकारी दिए । घटना स्थलमा अहिले ब्यापक प्रहरी परिचालित गरिएको छ । घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  बिस्फोटबाट कुनै क्षती नभएको भएपनि त्यसको बिस्तृत विवरण प्राप्त भएको छैन ।

तपाईको प्रतिक्रिया