fire
फाइल फोटो

२८ मंसिर, रौतहट ।आइतबार रौतहटको करुनिया गा वि समा करिब ८ लाख मुल्य बरावरको क्षति आगलागी हुदा भएको छ।जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार आगलागी हुदा ३ जनाको घर जलेर नष्ट भएको छ भने  मानवीय र चौपायाको क्षति भएको छैन ।  प्रहरीका अनुसार स्थानीय वार्ड नम्बर १ निवासी बच्चा ठाकुरको घरमा आगलागी हुदा छिमेकी श्रीपुजन साह ,शेख दाउद ,र अच्छेलाल ठाकुरको फुसको घर जलेर नष्ट भएको हो ।आगलागीवाट साहको ४ लाख ,दाउदको २ लाख ५० हजार र ठाकुरको १ लाख ५० हजार मुल्य बराबरको धनमालको नोक्सानी भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जनाएका छन् ।

तपाईको प्रतिक्रिया