सुनसरीको सिमावर्ती क्षेत्रमा दिनहूँ लाखौँ रुपैँया बराबरको सरसमान भारतीय बजारबाट तस्करीको माध्यमबाट नेपाल भित्राउने गरेपछि शनिबार प्रहरीले मान्छे सहित कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विषेश टोलीले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका हरिनगर गाउपालिका वार्ड नं. ६ बस्ने वर्ष ३३ को जावेद आलमलाई प्रकाउ गरेको बताएको छ ।

जावेदले भारतीय बजार बाट २ वटा बोरामा प्याक गरीएको रु.६३ हजार बरावरको भारतमा निर्मित रेडिमेट कपडाहरू अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गर्दा हरिनगरबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरायण प्रसाद चिमौरियाले जानकारी दिए ।

जि प्र का सुनसरीका प्र ना उपरीक्षक चिमौरियाका अनुसार जावेदले हरिनगार गाउँपालिकाको भुटाहाबाट बा. १८ प ३५७० नम्वरको मोटरसाईकलमा लोड गरी ल्याई रहेको अवस्थामा फेला पारीएको बताए । निज  जावेद आलमलाई शनिबार पक्राउ गरी सामान सहित आवश्यक कारवाहीकालागि सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।

त्यस्तै प्रहरीले देवानगंज गाउपालिका ४ स्थित नेपाल भारत सिमा नजिक ग्यालेनमा बोकी चोरी निकाशी गरी लगिरहेको डिजल बरामद गरेको छ । नेपालबाट तस्करी गरी भारतीय बजारमा लगीरहेको ८० लिटर डिजेल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया