सुनसरी। सुनसरीको ईटहरी उपमहानगरपालिका ४ मनकामना चौकमा गएराती घरायसी झगडा मिलाउन गएका प्रहरी हवल्दारमाथी कुटपिटमा संलग्न तीन मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राती करिब साढे दश बजे ईटहरी-४ मनकामना चौकमा निशान राई र उनकी पत्नी सरिता राई बिच झै-झगडा हुँदैछ भन्ने जानकारी पाएर  इलाका प्रहरी कार्यालय ईटहरीबाट घटनास्थल पुगेका प्रहरी हवल्दारमाथी स्थानीय तीन जना युवाहरुले कुटपिट गर्नुका साथै बा २ ब १३५९ नम्बरको मोटरसाइकल तोडफोड गरेका थिए।

कुटपिटमा संलग्न ईटहरी-४ का २१ वर्षीय शुक्र राईलाई पक्राउ गरिएको हो। घटनामा संलग्न ईटहरी-४ का २१ वर्षीय निशान राई र १९ वर्षीय संघर्ष राई फरार रहेकाले खोजी कार्य भई रहेको छ। कुटपिटबाट प्रहरी हवल्दार भुजेलको बाँया हात भाचिएको हुँदा स्थानीय अस्पतालमा उपचार गराइएको छ।

तपाईको प्रतिक्रिया