माेरङ । अवैध रुपमा ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी चोरी तस्करी गर्ने दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ केराबारी गाउँपालिका – ७ मुगु स्थित खदम खोलाबाट अवैध रूपमा ढुंगा चोरी पैठारी गरी स्टोक गरी राखेको ठाउबाट जेसिवी र टिफर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले अन टेष्ट जेसिवी मेशिनले ना ७ ख ६९१२ नं. को टिफरमा ढुंगा उठाई रहेको अवस्थमा बरामद गरीएकाे मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

प्रहरीले १५ दिनको अवधीमा चुरे संरक्षण क्षेत्रमा अवैध ढुंगा, गिट्टी बालुवा उत्खनन तथा ओसार पसारमा संलग्न ५ टिफर, ४ ट्याक्टर र ४ जेसिवी गरी १३ वटा सवारी साधन र अन्दाजी ५ हजार घनमिटर ढुंगा पक्राउ गरी आवश्यक कारवाहीको लागि संबन्धित निकायमा बुझईने प्रहरीले जनाएछ । बरामद गरेको दुवै सवारी साधनहरूलाई पक्राउ गरी स्टोक गरिएको अन्दाजी ४ हजार ५ सय घन मिटर ढुंगा समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया