kuhiro

मंसिर २८ लहान। विगत एक साता देखि एकाएक बढेको अत्यधिक चिसोले सिरहा सहित तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्न थालेको छ । सिरहा , सप्तरी , धनुषा , महोत्तरी , सुनसरी लगायत तराईका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न पुगेको छ । अत्यधिक चिसोका कारण खासगरी बालबालिका तथा बृद्धबृद्धाहरुलाई बढी असर गर्ने गरेको छ । चिसोको कारण बालबालिका तथा बृद्धबृद्धाहरुमा ज्वरो र रुघाखोकीका लक्षणहरु देखापर्न थालेका छन् । मधेशी मोर्चाले बन्द केहि खुकुलो गरेपछि लहानका बजार पूर्ण रुपमा खुले पनि बिहान बाक्लो हुस्सो भएका कारण बजारमा सर्वसाधारणको कम चहलपहल देखिएपनि दिउसोको समयमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ। संगै बाक्लो लुगा किन्नेहरुको कपडा पसलमा भिड देख्नसकिन्छ। यता मोर्चाले निर्णय गरे अनुसार स्कुलहरु बिहान खुल्ने भने पनि अत्यधिक चिसोका कारण स्कुलहरु पनि अब १० बजे देखि संचालनमा आइरहेका छन् । ४ महिना देखिको लामो बन्दीका कारण समस्या भोगी रहेका सर्वसाधारणले बजार खुलेपछि केहि राहत महसुस गरेका छन् । अत्यधिक चिसोका कारण ३ दिन पहिला सप्तरीमा २ जनाको कठयाङिग्रएर मृत्यु भईसकेको छ।

तपाईको प्रतिक्रिया